नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा ६ जनाको निवेदन
काठमाडौं : नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा ६ जनाले निवेदन दिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निवेदन दिनेमा छविराज पोखरेल, कौशल केसी, संजिव कुमार देव, सिए नागेन्द्र साह, सरोजकुमार शर्मा र दीपेन्द्र कुमार देव रहेका छन्।
उनीहरूको अन्तर्वार्ताको मिति पछि तय गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले कार्यकारी निर्देशकमा नियुक्तिका लागि गत असार २ गते निवेदन दिन आह्वान गरेको थियो।
प्रतिक्रिया दिनुहोस !