फोटो स्टुडियोबाटै नक्कली नागरिकता उत्पादन

फोटो स्टुडियोबाटै नक्कली नागरिकता उत्पादन
सुन्नुहोस्

विराटनगर : विराटनगरमा एउटा फोटो स्टुडियोलाई नै नक्कली नागरिकता उत्पादन गर्ने केन्द्र बनाइएको तथ्य खुलेपछि गिरोहका दुई जना बुधबार पक्राउ परेका छन् । मजदुरी गरेर जीवनयापन गरिरहेकी एकल महिला मनिषा कामतले नागरिकता बनाई दिन भन्दै विराटनगर–११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठलाई एक लाख ३० हजार रुपैयाँ बुझाएकी थिइन् ।

nullउनले फोटो र आवश्यक कागजात बुझाएको तीन दिनमै आफू र आफ्ना मामाको नागरिकता प्राप्त गरिन् । पछि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी कामतलाई कर्मचारीले नागरिकता नक्कली भएको जानकारी दिए । त्यही क्रममा निरीक्षणमा रहेका मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कागजात परीक्षण गरी नक्कली भएको पुष्टि गरेपछि तत्काल प्रहरी परिचालन गरिएको थियो । प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिँदा उनको साथबाट थप १० थान नक्कली नागरिकता बरामद भएको छ । बरामद नागरिकतामा नेपाल सरकारको होलोग्राम, कार्यालयको छाप र जारी गर्ने अधिकृतको हस्ताक्षर समेत अत्यन्त मिल्दोजुल्दो रूपमा प्रयोग गरिएको थियो ।

nullती कागजातमा २०६८ देखि २०८२ सालसम्मका मिति राखिएका छन् । नक्कली नागरिकतामा हाल कार्यरत र सरुवा भइसकेका अधिकृतहरूको हस्ताक्षर समेत प्रयोग गरिएको पाइएको छ । जन्मदर्ता, नागरिकता र राष्ट्रिय परिचयपत्रका विभिन्न सरकारी फाराम तथा वडाका नक्कली सिफारिसपत्रहरू पनि बरामद भएका छन् । अनुसन्धानका क्रममा विराटनगर–५ का ३८ वर्षीय धनदेव राजवंशीको संलग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ ।

उनले महेन्द्र चोकस्थित ‘न्यू डोली फोटो सर्भिसेज’ सञ्चालन गर्दै आएका थिए । प्रारम्भिक अनुसन्धानअनुसार सोही स्टुडियोलाई नक्कली नागरिकता डिजाइन र प्रिन्ट गर्ने स्थानका रूपमा प्रयोग गरिएको थियो । प्रारम्भमा संलग्नता अस्वीकार गरेका राजवंशीले पछि श्रेष्ठले उपलब्ध गराएका विवरणका आधारमा १०–११ वटा नागरिकता प्रिन्ट गरेको स्वीकार गरेका छन् ।

null

प्रहरीले स्टुडियोबाट आवश्यक उपकरण र कागजात समेत नियन्त्रणमा लिएको छ । प्रजिअ कटेलले यो संगठित अपराध भएको बताउँदै होलोग्राम, हस्ताक्षर र लेमिनेसन समेत नक्कल गरी सर्वसाधारणलाई ठगी गर्ने कार्य गम्भीर अपराध भएकाले संलग्नलाई कडा कानुनी कारबाही गरिने बताए । पक्राउ परेका दुवै जनालाई बरामद दसीसहित थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.