खाद्य गुणस्तर परीक्षणका लागि काठमाडौं महानगरको आफ्नै अत्याधुनिक प्रयोगशाला

खाद्य गुणस्तर परीक्षणका लागि काठमाडौं महानगरको आफ्नै अत्याधुनिक प्रयोगशाला
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाले खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला (फुड वायोलोजिकल टेस्टिङ ल्याब्रोटोरी) सञ्चालनमा ल्याएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं प्लाजाको पाँचौँ तलामा प्रयोगशालाको बुधबार शुभारम्भ गरेकी हुन्। 

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम स्थापित प्रयोगशाला कृषि तथा पशुपन्छी विभाग अन्तर्गत सञ्चालन हुनेछ। यहाँ इसेरिसिया कोलाइ (इकोलाई), साल्मोनेला एसपीपी, स्टाफिलोकोकस ओरियस, कुल प्लेट गणना (टोटल प्लेट काउन्ट), कुल मोल्ड गणना (टोटल मोल्ड काउन्ट), फिकल कोलिफर्म लगायत रोगजनक तथा सूक्ष्म जीवहरूको परीक्षण हुनेछ। प्रयोगशाला सञ्चालनका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय मापदण्ड र मान्यताका आधारमा एसओपी (ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर) तयार पारिएको छ। 

कार्यवाहक मेयर डगोलले भनिन् ‘अब बजार अनुगमन गर्दा देखिने त्रुटि र कमजोरीलाई अनुमानका भरमा स्तर निर्धारण गर्नुपर्दैन। यसपछिको कानुनी कारवाही बैज्ञानिक तथ्यका आधारमा हुनेछ। यही तथ्यका आधारमा बजार नियमन र नियन्त्रण हुनेछ।’

उनले बजारमा कैफियत देखिएका खाद्य वस्तुको नमूना संकलन गरेर आफ्नै प्रयोगशालामा परीक्षण गरेपछि प्रमाणका आधारमा गैरकानुनी व्यावसायिक आचरण गर्नेलाई कानुनी कारवाही गर्ने बताइन्। ‘स्वच्छ खाद्य सेवाका लागि हामीले ३ हजार ९० जना व्यवसायीलाई क्षमता विकास तालिम दिएर उपभोक्ता अधिकार र व्यवसायीको पेशागत मर्यादाका विषयमा सुसूचित गराएका छौँ। बजारमा उपलब्ध खाद्य सेवाको गुणस्तर कायम गराउन साझेदारसहित नियमित र आकस्मिक बजार अनुगमन गरिरहेका छौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा घुम्ती प्रयोगशाला सहितको अनुगमन गरेर प्रमाण र तथ्यका आधारमा व्यवसाय सुधारको मौका प्रदान गरेका छौँ।’ डंगोलले भनिन्, ‘हामीले माइक्रोबायोलोजीकल ल्याव सुरु गरिसकेका छौँ। यसको क्षमता बढाउँदै जानेछौँ। अब बजारमा कैफियत देखिएका खाद्य वस्तुको नमूना संकलन गरेर आफ्नै प्रयोगशालामा परीक्षण गरेपछि प्रमाणका आधारमा गैरकानुनी व्यावसायिक आचरण गर्नेलाई कानुनी कारवाही गर्नेछौँ।’

महानगरपालिकाका खाद्य स्वच्छता विज्ञ सल्लाहकार जीवनप्रभा लामाले, खाद्य सेवामा स्वच्छता कायम गराउने अभियानमा महानगरपालिकाको यो महत्वपूर्ण उपलब्धि र प्राप्ति भएको बताइन्। ‘कानुनी प्रबन्ध, कानुनी व्यवस्थाको कार्यान्वयन व्यवस्थापन, खाद्य निरीक्षकको व्यवस्था, खाद्य प्रयोगशाला सेवा र उपभोक्ता अधिकार सचेतनाका कार्यक्रम, खाद्य स्वच्छताका स्तम्भ हुन्। महानगरपालिकाले यी सबै स्तम्भमा काम गरेको छ। यो महत्वपूर्ण उपलब्धि हो’ लामाले भनिन्।

प्रयोगशालामा नमूना दर्तादेखि परीक्षण प्रतिवेदनसम्म सम्पूर्ण प्रक्रिया वैज्ञानिक विधिअनुसार सञ्चालन हुनेछन्। नमूना संकलन, तयारी, संवर्धन (कल्चर), सूक्ष्मजीव पहिचान, परिणाम विश्लेषण तथा प्रतिवेदन प्रणालीलाई गुणस्तर व्यवस्थापन प्रणालीअनुसार सञ्चालन गरिनेछ। आगामी दिनमा असल प्रयोगशाला अभ्यास अनुसार प्रयोगशालालाई मान्यता (एक्रिडेसन) प्राप्त गर्ने लक्ष्य राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.