अमेरिकाले सम्झौता तोडेको इरानको दाबी, खाडी देशहरूलाई चेतावनी
तेहरान : इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकामाथि दुई देशबीच भएको समझदारी पत्र (एमओयू) उल्लंघन गरेको आरोप लगाएका छन् ।
उनले एक विज्ञप्ती जारी गर्दै विदेशमन्त्री अराघचीले अमेरिकी हमला, इरानी तेल बिक्रीमाथि पुनः लगाइएको प्रतिबन्ध र लेबनानमा हिजबुल्लाहसँग इजरायलको जारी संघर्षका कारण युद्ध रोक्ने सम्झौताका 'महत्त्वपूर्ण र आधारभूत पक्षहरू निष्प्रभावी' भइसकेको बताएका हुन् ।
उनले इरान आफ्नो 'क्षेत्रीय अखण्डता, राष्ट्रिय सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा' रक्षाका लागि जुनसुकै कदम चाल्न पनि पछि नहट्ने स्पष्ट पारे । त्यस्तै उनले आफ्नो अमेरिकी सैन्य अखडा रहेका खाडी देशहरूलाई समेत चेतावनी दिएका छन् । यदि ती अखडाहरूबाट इरानमाथि कुनै पनि आक्रमण भएमा इरानले 'आक्रमणको स्रोत र उक्त स्थानलाई नै निशाना बनाउने' उनको चेतावनी छ ।
इरानको यो प्रतिक्रिया अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) को दाबीपछि आएको हो, जसमा अमेरिकी सेनाले इरानका ८० भन्दा बढी ठेगानाहरूमा हमला गरेको उल्लेख थियो। यसको जवाफमा आफूले बहराइनस्थित केही अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको इरानले दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस !