नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी दोषी ठहर

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी दोषी ठहर

काठमाडौं : काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएकालाई कसुर ठहर गरेको छ।  न्यायाधीश तेजबहादुर खड्काको इजलासले कसुर ठहर गर्दै अलग्गै पेशी तोक्न आदेश दिएको हो। 

नेपाली नागरिकहरूलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने प्रलोभनमा करोडौं ठगी गरेको अभियोगमा २०८० जेठ १० गते ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। उनीहरूविरुद्ध ठगी,लिखत किर्ते र राज्यविरुद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। उनीहरूलाई २४ वर्ष कैद सजाय माग गरिएको छ। उनीहरूविरुद्ध २८ करोड ८४ लाख ७४ हजार पाँच सय बिगोसमेत माग गरिएको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पाविरुद्ध मुद्दा दायर गरिएको छ।

सोही प्रकरणमा सर्वोच्च अदालतले २०८१ वैशाख १३ गते एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको थियो। तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। 

सोही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटी बुझाएर रिहा भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.