नगर प्रमुख दिपेन्द्र महतोसहित तीन जनाविरुद्ध मुद्दा दायर

नगर प्रमुख दिपेन्द्र महतोसहित तीन जनाविरुद्ध मुद्दा दायर
सुन्नुहोस्

जनकपुरधाम : गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महताविरुद्ध मुद्दा दर्ता भएको छ । निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेको कुटपिट तथा दुर्व्यवहारमा प्रत्यक्ष संग्लन रहेको आरोपमा गौशाला नगरपालिकाका मेयर डा. महतोलाई अपराधिक उपद्रव तथा हुलदङ्गा शीर्षकमा मुदा दर्ता गरिएको हो । 

गत बिहीबार निगौल गाई गौशालाको जग्गामा नगरपालिकाले जवरजस्ती ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख पाण्डेलाई नगर प्रमुखको निर्देशनमा मेयरकै सामुन्ने नगर प्रहरीले कुटपिट गर्दै दुर्व्यवहार गरेपछि उनीमाथि मुदा दर्ता गरिएको हो । घटनामा संलग्न रहेको आरोपमा गौशाला नगरपालिका–११ का दिनेश्वर महतो र गौशाला नगरपालिका–४ का ईन्दल राउतलाई समेत अपराधिक उपद्रव तथा हुलदङ्गा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गेलेले जानकारी दिए ।  

यस मुद्दामा दोषी ठहरिए (मुलुकी अपराध संहिता, २०७४) अनुसार आपराधिक उपद्रव तथा हुलदङ्गा गर्ने कसुरदारलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । थप नोक्सानी गरेमा वा  सम्पतिमा क्षति पुर्‍याएको प्रमाणित भएमा कसुरदारबाटै क्षतिपूर्ति समेत भराइन्छ । यसअघि सोही घटनामा गत शुक्रवार आठ नगर प्रहरीबिरुद्ध समेत मुद्दा चलाइएको छ ।

nullगत बिहीबार असार ११ गते गाई गौशालाको मञ्जुरी विनै जग्गामा ढल निकास गर्न खाजेपछि रोक्न गएका पाण्डेलाई हातपात गर्दै दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि नगर प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीले अपराधिक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा चलाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख श्यामकुमार सारु मगरले जानकारी दिए । निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख कान्तिकुमारी पाण्डेलाई दुर्व्यवहार गर्दै हातपात तथा कुटपिट गरेको आरोपमा पक्राउ परेका आठ जना नगर प्रहरीलाई जिल्ला अदालतबाट म्याद थप गरिएको जनाएको छ । पाण्डेले प्रहरीमा दिएको जाहेरीको आधारमा गौशाला नगरपालिकाका आठ नगर प्रहरीविरुद्ध मुद्दा दर्ता गरेको हो । 

पक्राउ पर्नेहरुमा नगर प्रहरीहरु क्रमशः लक्ष्मीनारायण चौधरी, जुलेरप्रसाद सिंह, रितुकुमारी, रमेश पासवान, राजेशकुमार महतो, पानबहादुर लामा, अजयकुमार यादव र चन्द्रिकाकुमारी चौधरीलाई पक्राउ गरी अपराधिक उपद्रव तथा हुलदंगा मुद्दा चलाएको हो । 
निगौल २०६९ असार २२ गते तत्कालीन नमुना गौशाला गाविसका सचिव गंगाराम यादव र निगौल गौशाला व्यवस्थापन समितिका प्रमुख शुभेषचन्द्र बरालबीच गोरु बजार, खसी बजार, मासु बजार लागेको कुल ठेक्काको रकममध्ये २५ प्रतिशतका दरले उपलब्ध गराउने सहमति भएकामा हालसम्म एक पैसा बुझाइएको छैन ।

सहमतिपत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७०/०७१ देखि ०७३÷०७४ सम्म ४ वर्षका लागि पहिलो किस्ता साउन मसान्तसम्म, दोस्रो किस्ता कात्तिक मसान्त र तेस्रो फागुन मसान्तसम्म उपलब्ध गराउनु पर्नेछ ।’ तर, तत्कालीन गाविस र हालको गौशाला नगरपालिकाले बर्सेनि ठेक्का लगाए पनि हालसम्म १ रुपैयाँ पनि गाई गौशालालाई उपलब्ध गराएको छैन । जसको विवादमा निगौल गाई गौशाला र गौशाला नगरपालिकाबीच पटक–पटक विवाद उत्पन्न हुँदै आएको छ ।  

निगौल गौशाला व्यवस्थापन समितिको जग्गामा नगरपालिकाले बजार लगाई राजस्व उठाउने गरे पनि गौशाला व्यवस्थापन कार्यालयसँग वार्षिक रुपमा भएको करार सम्झौताअनुसारको रकम नपाइरहेको भेट्टिएको छ । सहकारी नियमन प्राधिकरणअन्तर्गत रहेको गौशालालाई संघीय सरकारको बजेट पूर्णतः बन्देज लगाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.