भन्सार विभाग र राजस्व विभागको महानिर्देशकमा कसले पाए जिम्मेवारी ?
काठमाडौं : भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन्। विभागको उपमहानिर्देशकमा प्रेम प्रसाद आचार्य नियुक्त भएका छन्। निमित्त महानिर्देशक भरतमणि पाण्डेय अर्थमन्त्रालय बाहिर सरुवा भएका छन्।
यसैगरी आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन्। हालका महानिर्देशक रमेश अर्याल अर्थ मन्त्रालय बाहिर सरुवा भएका हुन्।
नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिव हालैको मन्त्रिपरिषद् बैठकबाट अर्थमा सरुवा भएर आएका हुन्।
प्रतिक्रिया दिनुहोस !