मौद्रिक नीति

संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने

संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने

काठमाडौं : नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने भएको छ। गभर्नर विश्वनाथ पौडेलले सोमबार आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गर्दै संस्थाको सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने बताए।

मौद्रिक नीतिले व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्वलाई व्यवस्थित गर्ने, चेक अनादरका कारण कालोसूचीमा पर्ने अवस्थालाई सहजीकरण गर्ने, रुग्ण उद्योगका निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने तथा दबाबमा रहेका ऋणीको पुनरुत्थानका लागि विशेष व्यवस्था गरेको छ।

साथै, संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने र सार्वजनिक प्रयोजनका ठूला विद्युतीय सवारीसाधनमा कर्जा–मूल्य अनुपात (एलटीभी)सहज बनाउने व्यवस्था गरिएको छ।

बैंक तथा वित्तीय संस्थाको वर्गीकरणका सम्बन्धमा भइरहेको अध्ययन सम्पन्न गरी सोही अनुरफ बैंक,वित्तीय संस्था तथा गैर बैंक वित्तीय संस्थालाई लक्षित कार्यक्षेत्रमा सेवा विस्तार गर्न प्रोत्साहन गर्ने नियामकीय व्यवस्थाहरू क्रमश लागू गरिने मौद्रिक नीतिमा उल्लेख  छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.