विश्वकप : इबेरियन युद्धको प्रतीक्षा

विश्वकप : इबेरियन युद्धको प्रतीक्षा
सुन्नुहोस्

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को सबैभन्दा आकर्षक र बहुप्रतिक्षित भिडन्तमा सोमबार पोर्चुगल र स्पेन आमनेसामने हुँदैछन्। छिमेकी राष्ट्रबीचको यो प्रतिस्पर्धाले केवल क्वार्टरफाइनलको टिकट मात्र होइन, इबेरियन फुटबलको प्रतिष्ठासँग पनि जोडिएको छ। 

स्पेन यस विश्वकपमा उत्कृष्ट लयमा देखिएको छ। समूह चरणदेखि अन्तिम ३२ सम्म अपराजित रहेको स्पेनले अहिलेसम्म कुनै गोल पनि बेहोरेको छैन। पछिल्लो खेलमा अस्ट्रियालाई ३–० ले पराजित गर्दै प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले उपाधि दाबेदारी थप बलियो बनाएको छ।

युवा स्टार लामिन यमल, मिकेल ओयार्जाबाल, रोड्री र पेड्रीको प्रदर्शन स्पेनका मुख्य हतियार बनेका छन्। समूह चरणमा साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० गोलले पराजित गरेको स्पेन कोप भर्डेसँग भने गोलरहित बराबरीमा रोकिएको थियो। यस्तै अन्तिम ३२ को खेलमा अस्ट्रियालाई ३–० गोलले पराजित गर्दै स्पेनले अन्तिम १६ मा स्थान बनाएको थियो।

पोर्चुगल भने अपेक्षाअनुसार प्रभावशाली देखिन सकेको छैन। समूह चरणमा उतारचढावपूर्ण प्रदर्शन गरे पनि अन्तिम ३२ मा क्रोएसियामाथि २–१ को कठिन जित निकाल्दै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको थियो। कप्तान क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस, भिटिन्हा र राफेल लियाओमाथि पोर्चुगलको ठूलो आशा रहनेछ।

यस खेलको सबैभन्दा रोचक पक्ष रोनाल्डो र यमलबीचको पुस्तान्तरणको प्रतीकात्मक भिडन्त पनि हुनेछ। एकातिर आफ्नो अन्तिम विश्वकप खेलिरहेका रोनाल्डो छन् भने अर्कोतिर विश्व फुटबलका उदाउँदा सुपरस्टार यमलले स्पेनको आक्रमण सम्हालिरहेका छन्। यमल र पोर्चुगलका नुनो मेन्डेसबीचको व्यक्तिगत प्रतिस्पर्धाले पनि खेलको नतिजामा ठूलो प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

कागजमा स्पेनलाई बलियो मानिए पनि नकआउट फुटबलमा अनुभवले ठूलो भूमिका खेल्ने भएकाले पोर्चुगललाई कम आँक्न नमिल्ने विश्लेषकहरू बताउँछन्। स्पेनले बल नियन्त्रणमा राख्दै खेल नियन्त्रण गर्ने प्रयास गर्नेछ भने पोर्चुगलले तीव्र काउन्टर आक्रमणमार्फत अवसर सिर्जना 
गर्न खोज्नेछ।

दुवै टोलीबीचको यो रोमाञ्चक भिडन्तले विश्वकपको क्वार्टरफाइनल यात्रा तय गर्नेछ, जहाँ विजेताले अर्को कठिन चुनौती सामना गर्नेछ। फुटबल समर्थकका लागि यो अन्तिम १६ को सबैभन्दा प्रतिक्षित खेलमध्ये एक मानिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.