इरानका सर्वोच्च नेता आफ्ना पिता अली खामेनीको अन्त्येष्टिमा किन भए अनुपस्थित ?

इरानका सर्वोच्च नेता आफ्ना पिता अली खामेनीको अन्त्येष्टिमा किन भए अनुपस्थित ?

इरान : पूर्व इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका तीन छोरा मोस्तफा, मेइसाम र मसुद खामेनीले आइतबार आफ्ना पिता तथा परिवारका अन्य चार सदस्यको शव अगाडि अन्तिम प्रार्थना गरे । तर अली खामेनीपछि इरानको सर्वोच्च नेता बनेका उनका छोरा मोज्तबा खामेनी भने अन्त्येष्टि कार्यक्रममा देखिएनन् ।

सरकारी टेलिभिजनले तेहरानस्थित विशाल धार्मिक परिसर इमाम खोमेनी मोसल्लाको प्रांगणमा राखिएका शवअगाडि तीन भाइले प्रार्थना गरिरहेको दृश्य प्रसारण गरेको थियो । धार्मिक शासनप्रति जनसमर्थन र क्रान्तिकारी उत्साह प्रदर्शन गर्ने उद्देश्यसहित इरानले अली खामेनीको सम्मानमा एक सातासम्म सामूहिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । यसअन्तर्गत उनको पार्थिव शरीर छिमेकी इराकका प्रमुख शिया धार्मिक तीर्थस्थलहरूमा पनि लगिने कार्यक्रम छ ।

वरिष्ठ इरानी अधिकारी तथा विदेशी प्रतिनिधिहरूले श्रद्धाञ्जली दिनका लागि एक दिनसम्म शवलाई भवनभित्र राखिएको थियो । त्यसपछि शनिबार अली खामेनीको शवलाई उनकी छोरी, ज्वाइँ, बुहारी र १४ महिनाकी नातिनीको शवसँगै सिसाभित्र राखेर सर्वसाधारणका लागि बाहिर प्रदर्शन गरिएको थियो। रोयटर्सका अनुसार फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा गरेको संयुक्त आक्रमणमा अली खामेनी र उनका परिवारका सदस्यको मृत्यु भएको थियो । सोही आक्रमणमा मोज्तबा खामेनी पनि घाइते भएका थिए । उनी निकट स्रोतहरूका अनुसार उनको अनुहार गम्भीर रूपमा विकृत भएको छ भने एउटा वा दुवै खुट्टामा गम्भीर चोट लागेको छ ।

वाशिङ्टनको मध्यस्थतामा भएको युद्धविरामपछि चार महिनादेखि जारी युद्ध अहिले रोकिएको छ । इरानी अधिकारीहरूले यस सहमतिले अन्ततः देशलाई ठूलो आर्थिक लाभ पुग्ने र यसलाई आफूहरूले महाशक्तिमाथिको विजयका रूपमा लिएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिसम्बन्धी गतिविधिका कारण शान्तिवार्ता एक साताका लागि स्थगित गरिएको बताएका छन् । आइतबार इरानका राष्ट्रपति मसुद पेजेशकियान र संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले पनि शवअगाडि प्रार्थना गरे। यस क्रममा मसुद खामेनी रोइरहेका र इरानमा क्रान्तिकारी आदर्श तथा प्यालेस्टिनीहरूप्रतिको ऐक्यबद्धताको प्रतीक मानिने केफियाहले आँशु पुछिरहेका दृश्य देखिएको थियो ।

हजारौं इरानी नागरिक मोसल्लामा श्रद्धाञ्जली दिन पुगेका छन् । धेरै जना रोइरहेका तथा केहीले छाती पिट्दै शोक व्यक्त गरेका थिए । इरानको मेट्रो सेवाका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म करिब ७० लाख यात्रा दर्ता भएका छन्, जसले ठूलो संख्यामा मानिसहरू राजधानीको केन्द्रतर्फ गएको देखाउँछ ।

सोमबार तेहरानमा विशाल शवयात्रा निकालिनेछ । त्यसपछि मंगलबार धार्मिक अध्ययनको केन्द्र कोममा अन्त्येष्टि कार्यक्रम हुनेछ । त्यसपछि बुधबार पार्थिव शरीर इराकका शिया धर्मावलम्बीका पवित्र सहर नजफ र कर्बला लगिनेछ । अन्तिम चरणमा बिहीबार इरानको मशहदमा अर्को शवयात्रापछि मध्यकालीन एक शिया इमामको समाधिनजिक उनको अन्त्येष्टि गरिनेछ । आगामी दिनहरूमा हुने विशाल शवयात्रामा लाखौं मानिस सहभागी गराउने लक्ष्यसहित सरकारले यातायात, खाना र बसोबासको व्यवस्था गर्ने योजना बनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.