भारतको महाराष्ट्रमा निरन्तर भारी वर्षा, मुम्बईमा रेड अलर्ट

भारतको महाराष्ट्रमा निरन्तर भारी वर्षा, मुम्बईमा रेड अलर्ट
सुन्नुहोस्

काठमाडौं : भारतको महाराष्ट्रमा लगातार पाँचौं दिन पनि भारी वर्षा जारी छ। भारी वर्षाका कारण मुम्बईका बासिन्दाहरूले कठिनाइको सामना गरिरहेका छन्। भारत मौसम विज्ञान विभागले आइतबार  मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ।

मुम्बईसहित ,मौसम विभागले रायगड, नासिक, पालघर, ठाणे, पुणे, सतारा र रत्नागिरी जिल्लाहरूमा वर्षाको लागि 'रेड अलर्ट' जारी गरेको छ।

मुख्यमन्त्री देवेन्द्र फडणवीसले एक्समा पोस्ट गर्दै मौसम विज्ञान विभागले रेड अलर्ट जारी गरेको क्षेत्रहरूको विवरण  सार्वजनिक गरेका छन्। उनले मुम्बई, ठाणे, पालघर र पनवेलका लागि आपतकालीन हेल्पलाइन नम्बरहरू पनि सार्वजनिक गरेका छन्।

मुम्बई र घाटमाथा क्षेत्रमा पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ। कोलाबामा २६५.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ भने सान्ताक्रुजमा २२७.७ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

रायगड जिल्लाको माथेरानमा ४०८ मिलिमिटर र भीरामा ३८६ मिलिमिटर वर्षा भएको छ । सांगली जिल्लाको डोंगरवाडीमा ३९८ मिलिमिटर वर्षा भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.