खामेनीको अन्तिम श्रद्धाञ्जलिका लागि उर्लियो जनसागर, गुञ्जियो 'अमेरिका विरोधी' नारा
तेहरान : इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टिमा शनिबार तेहरानका सडकहरूमा विशाल जनसागर उर्लिएको छ।
छ दिनसम्म चल्ने यस अन्त्येष्टि कार्यक्रमको पहिलो दिन 'ग्रान्ड मोसल्ला मस्जिद' मा बिहानैदेखि लाखौँ मानिस अन्तिम श्रद्धाञ्जलिका लागि आएका थिए। अधिकारीहरूका अनुसार, यो पूरा कार्यक्रम अवधिभर १.५ करोडदेखि २ करोडसम्म मानिसहरू सहभागी हुन सक्ने अनुमान गरिएको छ।
खामेनीको कफिनलाई इरानी झण्डामा बेरेर मञ्चमा राखिएको थियो। उनीसँगै आक्रमणमा ज्यान गुमाएका उनका परिवारका अन्य सदस्यहरूका कफिन पनि सँगै राखिएका थिए। कफिन देख्नासाथ त्यहाँ उपस्थित भीड भावुक बनेको थियो भने कतिपय मानिसहरु भक्कानिएर रोएका थिए ।
यसै क्रममा आक्रोशित भीडले लगातार 'अमेरिका मुर्दावाद' र इजरायलमाथि अल्लाहको कहर होस् 'भन्दै चर्को नाराबाजी गरिरहेको थियो। कतिपय मानिसहरू हात-हातमा बदलाको माग गरिएका प्लेकार्ड र पोस्टरहरू बोकेर पुगेका थिए।
अन्त्येष्टि यात्रा जुलाई ६ मा तेहरानबाट प्रस्थान गर्नेछ। त्यसपछि पार्थिव शरीरलाई जुलाई ७ मा कोम, जुलाई ८ मा इराकको नजफ र करबला, र जुलाई ९ मा मशहद लगिनेछ, जहाँ पूर्ण राजकीय सम्मानका साथ उनको अन्त्येष्टि (दफन) गरिनेछ।
प्रतिक्रिया दिनुहोस !