भन्छन् :  हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु उपयुक्त देखिँदैन

‘ब्लू बस’ बनाउने सरकारको निर्णयप्रति कुलमान घिसिङको आपत्ति

‘ब्लू बस’ बनाउने सरकारको निर्णयप्रति कुलमान घिसिङको आपत्ति

उनले रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको सुझाव दिए।

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङले साझा यातायातको रंग परिवर्तन गरेर ब्लु बनाउने सरकारको कदमको विरोध गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले हरियो रङ केवल रंग मात्र नभई, वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक भएको उल्लेख गरेका हुन्। 

महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम रहेपनि साझा यातायातले इभी प्रवर्द्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु उपयुक्त नभएको उनले टिप्पणी गरे।

हरियो रङ केवल रंग मात्र होइन, वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक पनि हो।

‘सरकारले शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ‘ब्लू बस’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यसका लागि साझा यातायातका बसहरू प्रयोग गरिने चर्चा पनि छ। महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम हो।’ उनले भने, ‘तर साझा यातायातले विद्युतीय सवारी (इभी) प्रवर्द्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु उपयुक्त देखिँदैन। हरियो रङ केवल रंग मात्र होइन, वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक पनि हो। हामी हरेक क्षेत्रलाई हरित बनाउँछौ भन्ने राष्ट्रिय संकल्प पनि हो ।’

घिसिङले महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु स्वागतयोग्य पहल रहेको बताए। उनले भने, ‘महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु स्वागतयोग्य पहल हो। तर वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु हो। महिलाको सुरक्षा कुनै एउटा 'ब्लू बस' मा सीमित हुनु हुँदैन, सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिलामैत्री बन्नुपर्छ।’ 

उनले रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको सुझाव दिए। घिसिङले भने, ‘महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्छ। त्यतिबेला मात्र महिलाको समान सहभागिता र सुरक्षित जीवनयापनको वास्तविक सुनिश्चितता हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.