सरकारले १०० दिनमा दुई लाख ६,३३० राहदानी सेवाग्राहीको जिल्लामा पठायो, ५,७२८ थान घरमै पुर्यायो
काठमाडौं : सरकारले सार्वजनिक सेवा प्रवाह सुधारको कामलाई प्राथमिकतामा राखेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै ७५ जिल्लामा राहदानी वितरण घरघरमै सुरु गरिसकेको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले ले जानकारी दिएका छन् ।
सरकारका १०० दिनको उपलब्धी सार्वजनिक कार्यक्रममा बोल्दै प्रवक्ता पोखरेलले अब हुम्ला र भोजपुर जिल्लामा मात्र घरघरमै राहदानी पुर्याई दिने सेवा विस्तार गर्न बाँकी रहेको बताएका छन् । उनले हालसम्म दुई लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरेको र सम्बन्धित कार्यालयले हुलाक कार्यालयमार्फत ५,७२८ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याउन सफल भएको जानकारी दिएका छन् । उनले सेवा प्रवाहलाई प्रभावकारी र नागरिकमैत्री बनाउन फ्रन्टडेस्कमा काम गर्ने करिब पाँच सय कर्मचारीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट तालिम दिइएको समेत जानकारी दिएका छन् । उनले
प्रतिक्रिया दिनुहोस !