यी हुन् सरकारले १०० दिनमा जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका लागि गरेको सम्बोधन
काठमाडौं : सरकारले १०० दिनमा जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारहरू विभिन्न कार्यक्रम मार्फत सहायता उपलब्ध गराएको जनाएको छ। सरकारको १०० दिन पूरा भएको अवसरमा आज उपलब्धि सार्वजनिक गर्दै सस्मित पोखरेलले यसबारे जानकारी गराएका हुन्।
- ५३ परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले राहत क्षतिपूर्ति वितरण
- ३५ सहिद परिवारलाई मासिक ७ हजार जीवन निर्वाह प्रदान
- ३३ सहिद परिवारलाई परिचयपत्र उपलब्ध
- प्रत्येक वर्ष भदौ २३ गते 'जेनजी सहिद दिवस' मनाउने व्यवस्था कार्यान्वयन
- ८४३ जनालाई परिचयपत्र वितरण
- १ हजार ५५५ जनालाई राहत तथा भइपरी सहायता वितरण
- ५१३ गम्भीर घाइतेलाई मासिक उपचार सहयोग उपलब्ध
- सहिद परिवारका ३३ सदस्यलाई नेपाल विद्युत प्राधिकरणअन्तर्गत करार सेवामा रोजगारी प्रदान
प्रतिक्रिया दिनुहोस !