सरकारको दाबी : शासकीय सुधारका योजनामध्ये ७० प्रतिशत पूर्ण रूपमा सम्पन्न
काठमाडौं : सरकारले शासकीय सुधारका १०० योजनामध्ये ७० वटा पूर्ण रूपमा सम्पन्न भएको दाबि गरेको छ। सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
योजनामध्ये १७ वटाको ८० प्रतिशतभन्दा बढी प्रगति भएको छ। ६० प्रतिशत वा सोभन्दा कम प्रगति भएका योजना १३ वटा छन्। सरकारले गत चैत १४ गते शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो।
प्रतिक्रिया दिनुहोस !