अली खामेनीको अन्त्येष्टि: यस्तो छ इरानको तयारी, छोरा मोजतबा अझै बेपत्ता

अली खामेनीको अन्त्येष्टि: यस्तो छ इरानको तयारी, छोरा मोजतबा अझै बेपत्ता
सुन्नुहोस्

तेहरान : इरानी सर्वोच्च नेता अली खामेनी र उनका परिवारका सदस्यहरूको अन्त्येष्टिको नमाज प्रत्येक सहरमा त्यहाँका फरक-फरक शिया धर्मगुरु ले पढाउने भएका छन्। इरानी समाचार एजेन्सीहरूका अनुसार, राजधानी तेहरानमा जाफर सुभानी तबरीजी, कोम सहरमा नासिर मकारिम सिराजी र मशहद सहरमा हुसेन नुरी हमदानीले जनाजाको नमाज पढाउने तय भएको छ।

अली खामेनीको अन्त्येष्टि व्यवस्थापन समितिका सचिव अली-अकबर पुरजमसिदियानका अनुसार मोजतबा खामेनी आफ्ना पिताको अन्त्येष्टिमा सहभागी हुने वा नहुने भन्नेबारे सर्वोच्च नेताको कार्यालय बैत-ए-रहबरी ले निर्णय गर्नेछ। उनले भने, 'यदि उनको उपस्थितिको कुनै योजना बनेमा, त्यसको औपचारिक घोषणा कार्यालयद्वारा नै गरिनेछ।'

प्राप्त प्रतिवेदन अनुसार मोजतबा खामेनी युद्ध सुरु भएदेखि नै सार्वजनिक रूपमा देखिएका छैनन्। ४० दिनसम्म चलेको उक्त युद्धको प्रारम्भिक चरणमै उनका पिता अली खामेनी र परिवारका अन्य धेरै सदस्यहरू मारिएका थिए। त्यसयता हालसम्म मोजतबाको कुनै पनि अडियो वा भिडियो सन्देश समेत सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.