सीमा कटाउनै लागेको अवस्थामा नेपाली बालिकाको उद्धार, भारतीय युवक पक्राउ

सीमा कटाउनै लागेको अवस्थामा नेपाली बालिकाको उद्धार, भारतीय युवक पक्राउ

झापा : झापाको काँकडभिट्टा-पानीट्याङ्की सीमा नाकाबाट एक १५ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ४१ बटालियन टोलीले ती बालिकाको उद्धार गरेको हो । एसएसबीले सीमा नाकाबाटै उद्धार नगरेको भए ती निर्दोष बालिका मानव तस्करहरूको पन्जामा पर्न सक्ने अनुमान गरिएको छ ।

एसएसबीका अनुसार, पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लाका एक युवकले ती नेपाली बालिकालाई झुटो सपना र राम्रो भविष्यको आश्वासन दिएर भारत लगिरहेका थिए । आरोपीले घटना हुनुभन्दा दुई दिनअघि मात्र ती बालिकालाई भेटेका थिए । यति छोटो समयमा ती युवकले बालिकाको विश्वास जितेर उनलाई आफूसँग सीमा पार लैजान राजी गराएका थिए ।

ती बालिकाको जीवन बाल्यकालदेखि नै कठिन परिस्थितिमा रहेको खुलेको छ । उनकी आमाको पहिले नै मृत्यु भइसकेको थियो भने उनका बुबा लगभग १० वर्षअघि आफ्नी दोस्रो श्रीमतीलाई लिएर गएका छन् । एसएसबीका सुरक्षाकर्मीहरूले भारत–नेपाल पानीट्याङ्की सीमामा नियमित जाँच गरिरहेका बेला ती दुई जनालाई जनालाई देखेर सोधपुछ गरेका थिए । सोधपुछको क्रममा एसएसबीले तुरुन्तै कारबाही गर्दै ती बालिकालाई सुरक्षित रूपमा उद्धार गरेका थिए । बालिकालाई लैजाने युवकलाई नियन्त्रणमा लिए खोरीबारी प्रहरीलाई बुझाइएको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.