प्रमुख धान उत्पादन क्षेत्र मधेशमै रोपाइँ सुस्त, असार तेस्रो सातासम्म १५ प्रतिशत मात्रै

प्रमुख धान उत्पादन क्षेत्र मधेशमै रोपाइँ सुस्त, असार तेस्रो सातासम्म १५ प्रतिशत मात्रै
सुन्नुहोस्

धनुषा : मनसुन सक्रिय हुन थाले पनि मुलुकको प्रमुख धान उत्पादन क्षेत्र मधेश प्रदेशमा धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन । असारको तेस्रो सातासम्म प्रदेशको कूल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सकिएको छ । पर्याप्त वर्षा नहुँदा जिल्लाका अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् भने यसले धान उत्पादनमा समेत असर पर्ने चिन्ता बढाएको छ ।

कृषि विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार असार १९ गतेसम्म प्रदेशका आठ जिल्लामा रहेका तीन लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ५९ हजार ८९५.०६ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको हो । जिल्लागत विवरणअनुसार सबैभन्दा बढी रोपाइँ सिरहामा भएको छ । त्यहाँ ५४ हजार हेक्टर धान खेतीयोग्य जमिनमध्ये २५ प्रतिशत अर्थात् १३ हजार ५०० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । दोस्रो स्थानमा रहेको सप्तरीमा ६८ हजार हेक्टरमध्ये २४ प्रतिशत अर्थात् १६ हजार ३२० हेक्टरमा रोपाइँ सकिएको छ ।

धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये १५ प्रतिशत अर्थात् ६ हजार ५५५ हेक्टर क्षेत्रमा धान रोपिएको छ । बारामा ४५ हजार १०० हेक्टरमध्ये १३ प्रतिशत (५ हजार ८६३ हेक्टर), महोत्तरीमा ४० हजार हेक्टरमध्ये १२.३७ प्रतिशत (४ हजार ९४८ हेक्टर) तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये १२ प्रतिशत (६ हजार ४७२.५६ हेक्टर) क्षेत्रमा रोपाइँ सम्पन्न भएको निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये ८.५ प्रतिशत अर्थात् ३ हजार २७२.५६ हेक्टर क्षेत्रमा मात्रै रोपाइँ भएको छ भने सबैभन्दा कम सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये आठ प्रतिशत अर्थात् ३ हजार ४१५ हेक्टर क्षेत्रमा मात्र धान रोपिएको छ । निर्देशनालयका अनुसार मधेश प्रदेशमा कुल पाँच लाख ५२ हजार ७४५.५ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।

त्यसमध्ये तीन लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रमा प्रत्येक वर्ष धान खेती गरिन्छ । बागवानी विकास अधिकृत विश्वकर्माले मनसुन सक्रिय भएसँगै रोपाइँले क्रमशः गति लिन थालेको बताए । उनका अनुसार आगामी केही दिन नियमित वर्षा भए प्रदेशभर रोपाइँको गति उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ । पर्याप्त वर्षा भएका जिल्लामा किसान खेत तयारीसँगै रोपाइँमा व्यस्त छन् भने वर्षा न्यून भएका क्षेत्रमा अझै आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.