गणेशमान चारनाथका ३२८ परिवारले पाए गाउँब्लक जग्गाको लालपुर्जा

गणेशमान चारनाथका ३२८ परिवारले पाए गाउँब्लक जग्गाको लालपुर्जा
सुन्नुहोस्

धनुषा : धनुषाको गणेशमान चारनाथ नगरपालिकामा गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वबाट वञ्चित गणेशमान चारनाथ नगरपालिका वडा नं ६ का ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।

गोदारमा आयोजित एक कार्यक्रमबीच नापी कार्यालय धनुषाले उनीहरुलाई लालपुर्जा वितरण गरेको हो । साबिक तल्लो गोदार गाविस वडा नम्बर ३,४,५ र ६ मा वर्षौँदेखि गाउँब्लक जमिन भोगचलन गर्दै आएका परिवारलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेश साहले बताए ।
उनले गाउँब्लक जग्गाको नापनक्सा तथा सबै कानुनी प्रक्रिया पुरा गरी लालपुर्जा वितरण गरिएको बताउँदै लालपुर्जा प्राप्तिपछि ती परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएको गाउँब्लक जग्गाको स्वामित्व प्राप्तिका लागि वडाध्यक्षको लामो संघर्ष र कर्मचारीको निरन्तर प्रयासको कारण लालपुर्जा वितरण सम्भव भएको बताए । उनले नगरभित्र अझै बाँकी रहेका यस्ता समस्या पनि क्रमिक रूपमा समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

लालपुर्जा प्राप्त गरेका स्थानीयवासीले लामो समयदेखि भोजचलन गर्दै आएको जग्गामा कानुनी अधिकार प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् । लामो समयदेखि कानुनी स्वामित्व नहुँदा जग्गा किनबेच, बैंकबाट ऋण लिनेदेखि अन्य प्रशासनिक काममा समस्या भोग्दै आएका स्थानीयले लालपुर्जा पाएपछि राहत महसुस गरेका हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.