रिसाएर माइत गएकी श्रीमती फर्काउन ससुराली गएका लवप्रीतलाई सालोले जिउँदै जलाए

रिसाएर माइत गएकी श्रीमती फर्काउन ससुराली गएका लवप्रीतलाई सालोले जिउँदै जलाए
सुन्नुहोस्

भारत : भारत पञ्जाबको तरनतारणमा एक दर्दनाक घटना घटेको छ । रिसाएर माइती गएकी श्रीमतीलाई मनाएर फर्काउन ससुराल पुगेका लवप्रीत सिंहमाथि उनका सालाले पेट्रोल हालेर आगो लगाई दिएका छन् । सालोले पेट्रोल खन्याएर आयो लगाई दिएपछि उनको घटनास्थलमै मृत्यु भएको छ । 
पीडितलाई बचाउन आएकी उनकी साली पनि उक्त घटनामा गम्भीर रूपमा जलेर घाइते भएकी छिन् । पछि उपचारका क्रममा उनको पनि मृत्यु भयो । रिपोर्टअनुसार यो घटना १३ जुनमा भएको हो, तर यसको भिडियो हालै सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घटनाबारे जानकारी दिँदै प्रहरीले यो घटना तरनतारण जिल्लाको संघा गाउँको भएको बताएको छ । यहाँ मृतक लवप्रीत सिंह आफ्नी श्रीमती संदीप कौरलाई मनाउन ससुराल गएका थिए । केही दिनअघि उनीहरूबीच झगडा भएपछि श्रीमती माइती गएकी थिइन् । सम्बन्ध जोगाउने उद्देश्यले लवप्रीत जब ससुराल पुगे, तब उनका सालो साजन सिंहले उनीमाथि ज्वलनशील पदार्थ हालेर आगो लगाइदिए । घटनास्थलमै उनको मृत्यु भयो । यसै विवादका बीच छुटाउन पुगेकी लवप्रीत सिंहकी साली गुरजीत पनि उनलाई बचाउन दौडिन् । तर उनी पनि आगोको चपेटामा परिन् र गम्भीर रूपमा जलेर घाइते भइन् । पछि उनलाई अस्पताल लगियो, तर उपचारका क्रममा उनको पनि मृत्यु भयो ।

आरोपी पनि गम्भीर घाइते
यस घटनामा आरोपी साजन सिंह पनि आगोले जलेर घाइते भएका छन् । उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । प्रहरीका अनुसार सदर थाना तरनतारणमा साजन सिंहविरुद्ध मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान भइरहेको छ ।

भिडियोमा के छ ?
सामाजिक सञ्जालमा घटनाको भिडियो लगातार भाइरल भइरहेको छ । भिडियोमा सुरुमा स्कुटीको छेउमा उभिएको एक व्यक्ति देखिन्छ । त्यसपछि अर्को व्यक्ति फ्रेममा आउँछ र एउटा डिब्बाबाट स्कुटी नजिक उभिएको युवकमाथि ज्वलनशील पदार्थ खन्याउँछ । त्यसपछि एक महिला दौडिँदै आएर रोक्ने प्रयास गर्छिन्, तर आरोपीले लाइटर बाल्ने बित्तिकै आगो लाग्छ । युवक भागेर नालामा आगो निभाउन जान्छ तर आगो निभ्दैन । केही सेकेण्डमै ऊ ढल्छ । पछि ती महिलालाई अस्पताल लगिन्छ, तर उनको पनि मृत्यु हुन्छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.