विश्वकप

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा
सुन्नुहोस्

काठमाडौं : फिफा विश्वकप २०२६ मा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले मेक्सिकोलाई ३-२ ले पराजित गरेको हो। 

खेलको पहिलो हाफमा इङ्ग्ल्यान्डले मेक्सिको विरुद्ध २-१को अग्रता बनाएको थियो। दोस्रो हाफमा दुवै टोलीले पेनाल्टीमार्फत १/१ गोल थपे।

खेलको पहिलो हाफमा इङ्ल्यान्डले अग्रता बनाएको थियो। खेलको ३६औं र ३८औं मिनेटमा जुड बेलिङ्घमले दुई मिनेटको अन्तरालमा दुई गोल गरेका थिए। पहिलो गोल हेडरमार्फत गरेका उनले दोस्रो गोल कप्तान ह्यारी केनले दायाँ तर्फबाट मिलाएको क्रसलाई फिनिस गरेका थिए। 

खेलको ४२ औं मिनेटमा मेक्सिकोको लागि जुलियन क्युनियोनसले गोल फर्काए। फ्रि किकबाट आएको बललाई इंग्ल्यान्डको डिफेन्स लाइनले क्लियर गर्न नपाउँदै उनले बल कलेक्ट गर्दै फिनिस गरेका थिए। 

खेलको दोस्रो हाफ निकै नाटकीय भयो। खेलको ५४ औं मिनेटमा इङ्ल्यान्डका डिफेन्डर जरेल वानसाहले रातो कार्ड बेहोरे। 

१० खेलाडीमा सीमित बनेको इङ्ग्ल्यान्डले तेस्रो गोल पेनाल्टी मार्फत गर्‍यो। मेक्सिकोका गोलकिपर राहुल रेन्जलले बल अगाडि बढाउँदै गरेका इङ्ल्यान्डका खेलाडी एन्थोनीलाई फाउल गर्दा इंग्ल्यान्डले पेनाल्टी जितेको थियो। इङ्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्यान्डलाई ३- १ को अवस्थामा ल्याएका थिए। 

खेलको ६९ औं मिनेटमा मेक्सिकोले पनि पेनाल्टीमार्फत दोस्रो गोल गर्दै खेलमा आफ्नो प्रतिस्पर्धा जारी राखेको थियो। 
 इङ्ल्यान्डका कप्तान ह्यारी केनले मेक्सिकोका खेलाडीलाई पेनाल्टी बक्स भित्र फाउल गर्दा मेक्सिकोले पेनाल्टी जितेको थियो। १० मेक्सिकोको लागि राहुल जिमिनेजले पेनाल्टीमा गोल गरे। त्यसपछिको निर्धारित ३० मिनेट र थप गरिएको ११ मिनेटको समय इङ्ग्ल्यान्डले १ गोलको अग्रता जोगाउँदै जित सुनिश्चित गरेको हो। 

इङ्ल्यान्डले क्वाटरफाइनलमा नर्वेको सामना गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.