आज राति देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं : आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ।
मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ
कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, कर्णाली प्रदेशका पहाडी भू-भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !