गन्धर्वको संस्कृतिसम्बन्धी पुस्तक विमोचित

गन्धर्वको संस्कृतिसम्बन्धी पुस्तक विमोचित

गोरखा : दैवीकालदेखि नै गाउने संस्कृतिको विरात बोकेका गन्धर्व समुदायको संस्कृतिहरू समेटिएको कृति विमोचन गरिएको छ। मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘गन्धर्व संस्कृति कर्खा’ नामक पुस्तक आइतबार विमोचन गरिएको हो। 

मंगलप्रसाद गन्धर्वद्वारा लेखिएको सो पुस्तक गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरले विमोचन गरेका हुन्। सो पुस्तकका बारेमा गन्धर्व जातिको लोक संस्कृतिका शोधकर्ता प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानले प्रकाश पारेका थिए।

सो पुस्तकमा गन्धर्व जातिको उत्पति, मनिराम गाइनेले नेपाल एकीकरणको समयमा पुर्‍याएको योगदान, पशुपतिनाथ, गोरखनाथ, मुक्तिनाथ, मनकामना, भैरवी देवी लगायतका देवदेवीको मंगल, राग धनसिरा, वैशाखमा गाउने मल्हार राग, वसन्त राग, जेठमा गाउने राग, असारे राग, कलवाली राग, रामकली राग, सरुमै राग लगायतका विषयवस्तु पुस्तकमा समेटिएको छ।

त्यस्तै दशैंमा गाउने मालश्री, कात्तिकमा गाउने चाँचरी, कृष्णलीला, निर्गुण, पृथ्वीनारायण शाहको, उजीरसिँह थापाको, सर्वजित रानाको, वुद्धिवल रानाको कर्खा, जंगबहादुर राणको सवाई, चन्द्र शम्सेरको सवाई, गोरखा उदय गीत, दरबार हत्याकाण्डको, इराक घटनाको, जेनजी घटनाको सवाईलगायतका विषयवस्तु पुस्तकमा समेटिएको छ।

१०४ पृष्ठ रहेको सो पुस्तकमा गन्धर्वका ५५ वटा शीर्षकमा सांस्कृतिक विषयवस्तु संग्रहित छन्। बिसे नगर्चीका समकालीन मनिराम गाइनेले पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानमा सारंगी रेट्दै आर्थिक संकलन गरेको तथा विभिन्न राज्यमा गएर त्यहाँको आन्तरिक सूचना पृथ्वीनारायण शाहमा पुर्‍याएर योगदान गरेको इतिहासमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.