त्रिशूली नदीमा खसेको इभी र चालक अझै भेटिएन, पहिचान खुल्यो
रसुवा : रसुवागढी नाकाबाट भित्रिएको नयाँ इभी गाडी नदीमा खसेर बेपत्ता भएको चालक पहिचान भएको छ । खोजीका लागि १० वटा ड्रोनमार्फत खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार इभीका चालक कालिका गाउँपालिका–३ धारापानीका २२ वर्षीय सविन तामाङ रहेको बताए ।
काठमाडौबाट समेत थप प्रहरी परिचालन गरी बेत्रावती र स्यााफ्रु दुवै तर्फबाट खोजी भइरहेको छ । रसुवागढी नाकाबाट भित्रिएको नयाँ इभी गाडी नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आज साँझ ५ः४० बजे गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसी बजार कटेर पुल तरेपछि १५ मिटर अगाडिबाट गाडी त्रिशूली नदीमा खसेको थियो ।
बेपत्ता गाडी र चालकको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएको छ । भौगोलिक कठिनाइका कारण नदिमा खोज्न असहज भए पनि बेपत्ता चालक र गाडीको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रवप्रसाद अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस !