बसको ठक्करबाट कपिलवस्तुमा दुई जनाको मृत्यु
कपिलवस्तु : बसको ठक्करबाट कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा मोटरसाइकलमा सवार २ जनाको मृत्युु भएको छ । तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !