माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु
दाङ : देउखुरीमा माटोको ढिस्कोले पुरिँदा एक बालकको ज्यान गएको छ । दाङ राजपुरका १३ वर्षीय दिपेश चौधरीको ढिस्कोमा पुरिएर ज्यान गएको दाङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका -२ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्र्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर दिपेश पुरिएका हुन् । अर्का १८ वर्षीय सुमित यादव घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार राति दुईजना बालक ट्र्याक्टर लिएर माटो लिन गएका थिए ।
यदवको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको प्रहरी प्रबक्ता डीएसपी हेम केसीले जनाए । मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल राखिएको छ ।
प्रतिक्रिया दिनुहोस !