इरानका ८० भन्दा बढी ठेगानाहरू ध्वस्त पारेको अमेरिकाको दाबी
काठमाडौं: अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको शृङ्खलाबद्ध आक्रमणका क्रममा ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ।
सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै सेन्टकमले होर्मुज स्ट्रेट भएर गुड्ने व्यावसायिक जहाजहरूमाथि इरानले हालै गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको जनाएको छ। सेन्टकमका अनुसार अमेरिकी सेनाले होर्मुज स्ट्रेट र त्यसको वरपरका क्षेत्रमा इरानी हवाई रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम), कमाण्ड र कन्ट्रोल नेटवर्क, तटीय राडार केन्द्र, एन्टि-एयरक्राफ्ट मिसाइल प्रणाली र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का ६० भन्दा बढी साना जहाजहरूलाई निशाना बनाएका छन्।
सेन्टकमले इरानले हालै होर्मुज स्ट्रेटबाट गुडिरहेका तीनवटा व्यावसायिक जहाजहरूमाथि आक्रमण गरेको उल्लेख गरेको छ। ती जहाजहरूमा मार्शल आइल्याण्डको झण्डामुनि रहेको एमरटी अल-रक्कायत, साउदी अरबको झण्डामुनि रहेको एमरटी विद्यान,लाइबेरियाको झण्डामुनि रहेको एमरटी साइप्रस प्रोस्परिटी सामेल थिए ।
अर्कोतर्फ, अमेरिकी आक्रमणको कडा प्रतिवाद गर्दै इरानका उपपरराष्ट्र मन्त्रीले यी हमलाहरूविरुद्ध आफ्नो देशले 'निर्णायक कदम'चाल्ने चेतावनी दिएका छन्। यसले गर्दा उक्त क्षेत्रमा तनाव थप बढ्ने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस !