बहराइनस्थित अमेरिकी सैन्य ठेगानामा इरानको आक्रमण

बहराइनस्थित अमेरिकी सैन्य ठेगानामा इरानको आक्रमण
फाईल तस्बिर
सुन्नुहोस्

काठमाडौं : इरानी सेनाले बहराइनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै बहराइनको 'शेख इसा'बेसमा अवस्थित अमेरिकी ठेगानाहरूमा आक्रमण गरिएको जनाएको हो ।

इरानले यो कारबाही दक्षिणी इरानका सैन्य तथा गैर-सैन्य क्षेत्रहरूमा भएका अमेरिकी हमलाहरू र १४ बुँदे समझदारी पत्रको उल्लंघनको जवाफमा गरिएको बताएको छ । सेनाका अनुसार उक्त हमला ड्रोनमार्फत गरिएको थियो ।

विज्ञप्तिमा इरानी सेनाले 'युद्धविराम उल्लंघनको परिणाम' भोग्नुपर्ने चेतावनी दिँदै यस क्षेत्रमा रहेका सम्पूर्ण अमेरिकी सैन्य ठेगानाहरू इरानी ड्रोनको निशानामा रहने स्पष्ट पारेको छ । इरानी सेनाको यो दाबी सार्वजनिक भइरहँदा बहराइनमा पुनः विस्फोटका आवाजहरू सुनिएको खबर आएका छन् । 

यो हमला इरानको 'रिभोलुसनरी गार्ड्स'ले गरेको दाबीको केही समयपछि नै भएको हो । रिभोलुसनरी गार्ड्सले इरानमाथि भएका अमेरिकी हमलाहरूको बदला लिन बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य बेसका ८५ भन्दा बढी स्थानहरूलाई निशाना बनाइएको दाबी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.