म्याक्रोनको सिरिया भ्रमणकै क्रममा दमास्कसमा शक्तिशाली विष्फोट

म्याक्रोनको सिरिया भ्रमणकै क्रममा दमास्कसमा शक्तिशाली विष्फोट
सुन्नुहोस्

सिरिया : सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भ्रमणका क्रममा कम्तीमा दुई वटा विष्फोट भएका छन् । सिरियाको गृह मन्त्रालयका अनुसार विष्फोटमा चार जना प्रहरीसहित कम्तीमा १८ जना घाइते भएका छन् । सरकारी समाचार संस्था सिरिया अरब न्यूज एजेन्सी (साना) ले मंगलबार जानकारी दिएको हो ।

टेलिभिजन दृश्यहरूमा शहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ । साथै, सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एउटा सवारीसाधनमा आगलागी भएको देखिन्छ । विष्फोट पर्यटन मन्त्रालय नजिक तथा राष्ट्रपति म्याक्रोन बस्ने तयारी गरिएको होटल आसपास भएको थियो । म्याक्रोन त्यहाँ सिरियाका राष्ट्रपति अहमद अल–शरासँग भेटवार्ता गर्न पुगेका थिए ।

म्याक्रोनको कार्यालयले राष्ट्रपति भेटका लागि जाँदै गर्दा विष्फोटको आवाज नसुनेको र भ्रमण पूर्व निर्धारित कार्यक्रमअनुसार नै जारी रहेको जनाएको छ । सिरियाको गृह मन्त्रालयले सानालाई दिएको जानकारीअनुसार विष्फोट फ्रान्सेली राष्ट्रपतिको आवासका लागि तोकिएको सुरक्षा घेराभन्दा बाहिर भएको थियो । त्यसैले यसले राष्ट्रपतिको सुरक्षा वा औपचारिक भ्रमण कार्यक्रमलाई कुनै प्रत्यक्ष खतरा नपु¥याएको र कार्यक्रम तय भएकै तालिकाअनुसार सञ्चालन भइरहेको जनाएको छ ।

घटनापछि सुरक्षा निकायले प्रभावित क्षेत्रका सडकहरू बन्द गरेका छन् भने घटनाबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुवै विष्फोट इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस अर्थात् घरेलु रूपमा बनाइएका विष्फोटक उपकरणबाट गरिएका थिए । एउटा सडक किनारमा पार्क गरिएको गाडीभित्र राखिएको थियो भने अर्को फोहोर फाल्ने कन्टेनरभित्र लुकाइएको थियो ।

गृह मन्त्रालयले घटनाको वास्तविक परिस्थिति पत्ता लगाउने र जिम्मेवार व्यक्तिहरूको पहिचान गर्ने कार्य जारी रहेको जनाएको छ । एक सुरक्षा अधिकारीले विष्फोट सर्वसाधारणको चहलपहल बढी हुने क्षेत्रमा भएको र यसलाई ‘आपराधिक कार्य’ भनेका छन् । दमास्कसस्थित सुरक्षा विश्लेषक इस्मत अल–अब्सीले विष्फोटको वास्तविक लक्ष्य तत्काल स्पष्ट नभएको बताए ।

उनले भने, ‘म्याक्रोनको सवारी टोली राष्ट्रपति भवनतर्फ जाँदै गर्दा त्यसलाई नै निशाना बनाइएको थियो वा होइन भन्ने यकिन भइसकेको छैन । तर यसको उद्देश्य अशान्ति फैलाउनु र नकारात्मक सन्देश दिनु रहेको देखिन्छ । साथै, सुरक्षा व्यवस्थामा कमजोरी रहेको स्पष्ट छ, जसलाई सुधार गर्न आवश्यक छ ।’ गत साता पनि दमास्कसको मध्यभागस्थित एक क्याफेमा भएको विस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए, सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.