उत्कृष्ट कमब्याकसहित इजिप्टमाथि जित दर्ता गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ।
एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गरेको हो। खेलको पहिलो हाफमा इजिप्टले १००को अग्रता बनाएको थियो। दोस्रो हाफमा इजिप्टले १ गोल थप्दा ३ गोल बेहोर्यो। जसको फलस्वरूप साविक विजेतासँग इजिप्ट अन्तिम १६मा रोकियो।
खेलको १५ औं मिनेटमा अर्जेन्टिना विरुद्ध इजिप्टले गोल गर्दै अग्रता बनाएको थियो। इजिप्टको लागि एसिर इब्राहिमले हेडर मार्फत गोल गर्दै इजिप्टलाई अग्रतामा ल्याएका थिए।
खेलको २१ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो। पेनाल्टीमा गोल हुन सकेन। लियोनल मेस्सीले हानेको प्रहार इजिप्टका गोलकिपर मुस्तफा सोबिरले बचाए। ३१ औं मिनेटमा अर्जेन्टिनाले डिबक्स बाहिर फ्री किक पाएको थियो। उक्त फ्रि किक लियोनल मेस्सीले प्रहार गरेका थिए। त्यो प्रहार पनि मुस्तफा बचाए। उनले बायाँ हातले बाहिर पठाइदिए।
इजिप्टको लागि मुस्तफा जीकोले खेलको ६७ औं मिनेटमा दोस्रो गोल गरे। २-० ले अग्रता बनाएको इजिप्टले अग्रता जोगाउन सकेन।
खेलको ७९ औं मिनेटमा क्रिस्टियन रोमेरोले अर्जेन्टिनाको लागि पहिलो गोल गरे।८३ औं मिनेटमा लियोनल मेस्सीले उत्कृष्ट गोल गरे। मेसीले अर्जेन्टिनाको लागि विश्वकपमा एक्काइसौँ गोल गरे। मेस्सीको गोल सहित खेल बराबरीमा आएको थियो। खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीले २/२ गोल गरेका थिए। निर्धारित ९० मिनेटको इन्जुरी समयमा इन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अवस्थामा ल्याए। अन्तिम मिनेटमा उनले गरेको गोल नै निर्णायक सावित भयो। उत्कृष्ट कमब्याक सहित साविक विजेताले विश्वकपमा आफ्नो यात्रा जारी राखेको हो।
अर्जेन्टिनासँग पराजित हुँदा इजिप्टको भने विश्वकप यात्रा सकिएको छ। अन्तिम १६ को अन्तिम खेल आज राति हुँदैछ जसमा स्विटजरल्यान्ड र कोलम्बियाले खेल्नेछन्। क्वाटर फाइनलका खेलहरू शुक्रबारबाट सुरु हुनेछन्।
प्रतिक्रिया दिनुहोस !