रुपेश कुमार सिंह विराटनगर किंग्समा अनुबन्ध
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको लागि रुपेश कुमार सिंह विराटनगर किंग्समा अनुबन्ध भएका छन्।
क्याटगोरी ए मा रहेका रुपेश कुमार सिंहलाई अधिकतम मूल्य १५ लाखमा ४ टोलीले बोली लगाएका थिए।
उनलाई पोखरा एभेन्जर्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले बोली लगाएका थिए। उनी लक्की ड्रबाट विराटनगरमा पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस !