कांग्रेस संस्थापन इतर समूहले खोल्यो छुट्टै कार्यालय, सभापति थापाले नै एकता नचाहेको आरोप

कांग्रेस संस्थापन इतर समूहले खोल्यो छुट्टै कार्यालय, सभापति थापाले नै एकता नचाहेको आरोप
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति गगन थापाले नै एकता नचाहेको आरोप लगाएको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले अधिकतम प्रयास गरिए पनि पार्टी एकता हुन नसकेको बताए।

'पार्टी विभाजन हुन नदिन हदैसम्मको लचकता अपनाइएको छ। प्रयास गरिँदै आएको छ। तर, ५ महिना बित्दा पनि कुनै परिणाम देखिएको छैन। संस्थापन पक्षले एकताका लागि कुनै सार्थकता देखाएको छैन,' सञ्चारकर्मीसँग उनले भने।

उनले १५औं महाधिवेशनमा सँगसँगै जानसक्ने अवस्था नभएको बताए। नेता विश्वकर्माले एकताले सार्थकता नपाए वैकल्पिक बाटोमा पनि जान सकिने बताए। 'वैकल्पिक बाटोमा जाने विषयमा पनि छलफल भइरहेको छ। सभापति र उपसभापतिले नै एकता भाँड्न उद्धत हुनुहुन्छ। यसले सँगै जानसक्ने अवस्था देखिएको छैन,' उनले भने।

संस्थापन इतर समूहले १५औं महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ। त्यस्तै बीपी जयन्ती मनाउने तयारी पनि गरिरहेको नेता विश्वकर्माले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.