जनकपुरका पूर्व मार्की खेलाडी आसिफ शेख, लुम्बिनी लायन्समा अनुबन्ध
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो सिजनमा आसिफ शेखले लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। आसिफ शेखको लागि चितवन बाहेक ७ टिमले अधिकतम मूल्य २० लाखमा बोली लगाएका थिए।
लक्की ड्रबाट उनी लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। जनकपुर बोल्ट्सका पूर्व मार्की खेलाडी रहेका आसिफ शेख अब लुम्बिनीबाट खेल्ने भएका हुन्।
प्रतिक्रिया दिनुहोस !