बेल्जियमले स्पेनसँग प्रतिस्पर्धा गर्ने
सहआयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
काठमाडौं : फिफा विश्वकप २०२६ मा सहआयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश गरेको छ। सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गरेको हो।
खेलको पहिलो हाफमा बेल्जियमले २-१ अग्रता लिएको थियो। दोस्रो हाफमा बेल्जियमले २ गोल थप्यो। बेल्जियमको लागि खेलको नवौं मिनेटमा चार्ल्स डे केटेलैरेले निकोलस रस्किनको असिस्टमा गोल गरे।
खेलको ३१ औं मिनेटमा अमेरिकाको लागि मलिक तिलमेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। अमेरिकाले बराबरी गोल फर्काएको दोस्रो मिनेटमै बेल्जियमले पुनः अग्रता बनायो। बेल्जियमको लागिचार्ल्स डे केटेलैरेले दोस्रो गोल गरे।
दोस्रो हाफमा बेल्जियमले तेस्रो गोल गर्यो। खेलको ५७ औं मिनेटमा हंस वनाकेनले गोलकिपरलाई बिट गर्दै गोल गरे।
निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई ४-१ को अवस्थामा ल्याए र यही गोल नै अमेरिका विरुद्ध गरेको अन्तिम गोल भयो।
बेल्जियमसँग पराजित हुँदा घरेलु टोली अमेरिकाको भने विश्वकप यात्रा सकिएको छ। बेल्जियमले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !