ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गर्न मन्त्री चौधरीको निर्देशन, मृतक परिवारलाई २० लाख राहत प्रदान

ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गर्न मन्त्री चौधरीको निर्देशन, मृतक परिवारलाई २० लाख राहत प्रदान
सुन्नुहोस्

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशन हात्ती नियन्त्रणका लागि प्रयास भइरहेको छ।

गत असार २० गते भरतपुर महानगरपालिका-२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमण परी आमा-छोराको ज्यान गएको थियो।  चितवनको माडी नगरपालिका वडा नम्बर १ घर भइ हालः भरतपुर महानगरपालिका २३ बेलहट्टा २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो। 

हात्तीलाई नियन्त्रणमा लिन निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरी चौबीसै घण्टा अनुगमन गरिरहेको मन्त्री चौधरीले बताइन्। 'हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेको खण्डमा डार्ट गरी रेडियो कलर जडान गर्ने तयारी छ,' उनले भनिन्।

यसैबीच वन मन्त्री चौधरीले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीतर्फ आउन लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पुर्‍याई आवश्यक सजगता अपनाउन अनुरोध समेत गरेकी छन्। ध्रुवे हात्तीको आक्रमण परेर ज्यान गुमाएका मृतकको परिवारलाई तत्कालै राहत उपलब्ध गराइएको मन्त्री चौधरीले बताइन्। 

तीन दिनभित्रै मृतकको परिवारलाई राहत उपलब्ध गराइसकिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रतिमृतक १० लाखका दरले जम्मा २० लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिएको छ। यसका अतिरिक्त राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट प्रतिमृतक ५० हजारका दरले थप १ लाख रुपैयाँ समेत पीडित परिवारलाई उपलब्ध गराइसकिएको मन्त्री चौधरीले जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.