काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त
काठमाडौं : सरकारले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शाक्यलाई विकास प्राधिकरणको आयुक्तमा नियुक्त गरेको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस !