सरकारले ओलीलाई पक्रिनु १०० दिनको उपलब्धी ठान्यो : पद्मा अर्याल

सरकारले ओलीलाई पक्रिनु १०० दिनको उपलब्धी ठान्यो : पद्मा अर्याल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताएकी छन् । उनले सरकारले सय दिनको उपलब्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्रिनुलाई ठानेको समेत बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्यालले नयाँ सरकार बनेसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता संकटमा परेको समेत आरोप लगाइन् । उनले सरकार राष्ट्रिय हितका सवालमा गम्भीर रूपमा चुकेको र नेपालले भारतको जग्गा मिचेको जस्ता विवादास्पद अभिव्यक्ति दिएर देशको ऐतिहासिक गौरव र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने काम गरेको तर्क गरिन् ।

अर्यालले संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता सन्तुलन मिलाउने साधन नभएको भन्दै संविधानको आधारभूत विषयलाई तलमाथि गर्न नपाइने स्पष्ट पारिन् । लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, संघीय शासन प्रणाली, समावेशी व्यवस्था र मौलिक हकलाई खलबल्याउने गरी चाल्ने कुनै पनि कदमहरु स्वीकार्य नहुने उनले बताइन् ।

उनले प्रतिपक्षले विरोधका लागि विरोध मात्रै नगर्ने भन्दै जनमतको सम्मान हुने गरि सरकारलाई सफल बनाउन आफ्नो दलले खबरदारी जारी राख्ने धारणा राखिन् । सरकारलाई १०० दिनको अवधिबाट गम्भीर पाठ सिक्न सुझाव दिदै उनले राजनीतिक प्रतिशोध, घृणा प्रेरित गैर–न्यायिक गिरफ्तारी, अपारदर्शी समूहको निर्देशनमा सरकार सञ्चालन, विधिको उल्लङ्घन र संसद्प्रतिको गैर–जवाफदेहिता त्याग्न आग्रह गरिन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.