संसदीय दलको नेता हटाउन सकिने पार्टी विधानकाे प्रावधानलाई फरक ढङ्गले बुझ्न हुँदैन : गणेश पराजुली

संसदीय दलको नेता हटाउन सकिने पार्टी विधानकाे प्रावधानलाई फरक ढङ्गले बुझ्न हुँदैन : गणेश पराजुली
सुन्नुहोस्

काठमाडौं : रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संशोधित विधानमा उल्लेख कारवाहीको बिषयलाई फरक ढंगले बुझ्न नहुने बताएका छन् । बुधबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले पार्टीको संशोधित विधान कुनै एक व्यक्तिले नभई केन्द्रीय समितिबाट छलफल भएर पारित भएको भन्दै कारवाहीको बिषयलाई फरक ढंगले बुझ्न नहुने बताएका हुन् ।

उनले विधानमा सभापतिदेखि सदस्यसम्मको चयन प्रक्रिया र बर्खास्त हुने अवस्थाको परिकल्पना गरिएको धारणा राखे ।  अन्य पदाधिकारीहरू जस्तै संसदीय दलको नेताको पदको अन्त्यका बारेमा पनि विधानमा व्याख्या गरिएको उनको भनाइ छ ।

सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउन सक्ने प्रावधानका बिषयमा नेता पराजुलीले विधानमा उल्लेख प्रावधानको अपव्याख्या गर्न खोजिएको तर्क गरे । विधान बनाउँदा कुनै निश्चित व्यक्ति वा पदलाई हेरेर नभइ आगामी दिनमा पार्टीलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्य राखेर बनाइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.