१०० दिनमा सरकारले सुकुम्बासीलाई आँसु उपहार दियो : कांग्रेस सांसद थपलिया
काठमाडौं : नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले बालेन सरकारले सुकुम्बासीको आँखामा आँसु उपहार दिएर १०० दिन मनाएको बताएकी छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारले डोजर लगाएर सुकुम्बासीलाई बिचल्लीमा पारेको बताइन्।
‘सरकारले एक सय दिनमा केही गर्छ भन्ने लागेको थियो। किसानले मल पाउँछन् भन्ने लागेको थियो, तर सरकारले सुकुम्बासीलाई आँसु उपहार दियो,' उनले भने।
उनले ३५ वर्षको नाममा पुराना दल तथा नेताहरूलाई गाली गर्न बन्द गर्नसमेत आग्रह गरिन्। ‘३५ वर्षका नाममा अब गाली नगर्नुहोस्। औँला तपाईँहरूतिर पनि उठ्न थालिसकेको छ। आफू ऐना अगाडि उभिनुहोस् हिलो तपाईँको अनुहारमा पनि लाग्दै छ,' उनले भनिन्।
प्रतिक्रिया दिनुहोस !