शुक्रबार देशका यी स्थानमा हुनेछ वर्षा
काठमाडौं : शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा, मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
शुक्रबार राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभगको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेशका तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !