उर्जा क्षमता उपयोग गर्न सबै क्षेत्रसँग सहकार्य गर्न तयार छौं : मन्त्री श्रेष्ठ

उर्जा क्षमता उपयोग गर्न सबै क्षेत्रसँग सहकार्य गर्न तयार छौं : मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला नवीकरणीय ऊर्जा क्षमताहरूलाई उपयोग गर्न सबै क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित दक्षिण एसियामा ऊर्जा आबद्धता बिषयक कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल आफ्ना ठूला नवीकरणीय ऊर्जा क्षमताहरूलाई उपयोग गर्न छिमेकी मुलुकहरू, अन्तर्राष्ट्रिय साझेदारहरू र निजी क्षेत्रसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताएका हुन् ।

उनले निरन्तर क्षेत्रीय सहयोग सुदृढ गर्न, नियामक सद्भाव प्रवर्द्धन गर्न र सीमापार ऊर्जा आदानप्रदानका लागि सहज वातावरण तयार गर्न काम गरिरहेको धारणा राखे । युरोपेली अनुभवहरूलाई दक्षिण एसियाली सन्दर्भमा ग्रिड सुदृढीकरण, बजार नियमन, बजार मञ्च र लगानी परिचालन जस्ता क्षेत्रहरूमा आत्मसात गर्न उत्सुक रहेको उनले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.