मल आपूर्ति सहज बनाउन गम्भीर छौं : मन्त्री चौधरी

मल आपूर्ति सहज बनाउन गम्भीर छौं : मन्त्री चौधरी
सुन्नुहोस्

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् । बिहीबार मन्त्रालयमा आफ्नो सय दिनको कार्यकालमा भएका काम कारवाहीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले जनतालाई मल सहज रूपमा उपलब्ध गराउनका लागि मन्त्रालयले सबैभन्दा बढी समय मल क्षेत्रमा खर्चिरहेको  र यसका लागि एउटा डेडिकेटेड टोली खटिएको बताएकी हुन्।

उनले केन्द्र सरकारले मल आपूर्ति गर्ने र प्रदेश तथा स्थानीय सरकारले वितरणको काम गर्ने गरी समन्वय भइरहेको जानकारी दिइन् । मलको कालोबजारी रोक्न क्युआर  कोड र छुट्टै टोली परिचालन गरिएको भन्दै उनले गुल्मी र कपिलवस्तुलगायतका ठाउँमा जनताको सूचनाका आधारमा छापा मारी मल बरामद समेत गरिएको बताइन् । उनले खसीको मासुको मूल्य बृद्धिका बारेमा मन्त्रालयले अनुगमन गरिरहेको बताएकी छन् ।

मन्त्री चौधरीले युवाहरूलाई परम्परागत अनुदान दिनुको सट्टा उनीहरूका नवप्रवर्तनकारी योजनामा काम गर्न सहज गर्न ‘स्टार्टअप’ कार्यक्रम ल्याइएको धारणा राखिन् । यस पटक युवा स्टार्टअपका लागि विशेष गरी ४० करोड रुपैयाँ छुट्याइएको र यसले देशैभरिका युवाहरूलाई कृषि, वन र वातावरण क्षेत्रमा आधुनिक काम गर्न प्रोत्साहित गर्ने उल्लेख गरिन् ।

मन्त्री चौधरीले सिँचाइ र कृषिलाई सँगै जोड्न ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सहकार्य गरिएको जानकारी दिइन् । आगामी दिनमा खेतहरू बाँझो रहन नदिने नीति अनुरूप ‘ल्यान्ड पुलिङ सिस्टम’ लाई अगाडि बढाइने उनको भनाइ छ । त्यस्तै उनले चुरे जोगाउनका लागि विभिन्न पोखरी निर्माण र बाँसको करिडोर बनाउने जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको बताइन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.