प्रधानमन्त्री बन्ने विषयमा रविले भने- म केही भन्न चाहन्नँ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्ने हल्लाको विषयमा सञ्चारकर्मीले गरेको प्रश्नमा केही भन्न नचाहाने बताएका छन्।
आफ्नो पार्टी अस्थिरताको पक्षमा नभएको भन्दै उनले भने- ‘म केही भन्न चाहन्नँ।’ उनले निर्वाचन अगाडि लेखेको कागज एकपटक पढ्न आग्रह गरे। ‘नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन्। हामीले गरेको वाचाप्रति अडिग छौं।’
प्रतिक्रिया दिनुहोस !