रोकिएन सीमाबाट नेपालतर्फ उर्लिएको जनसागर (फोटो फिचर)

रोकिएन सीमाबाट नेपालतर्फ उर्लिएको जनसागर (फोटो फिचर)

धनगढी : कैलालीसँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट २५ सय ७९ जना नेपालीको उद्दार गरिएको छ। दिउँसो १२ बजेदेखि साढे ३ बजेसम्म खोलिएको सीमा नाकामा भारतका विभिन्न सहरबाट नेपालीको ओइरो लागेको हो।

सीमा नाकामा खटिएका जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले, साढे ३ बजेसम्म २५ सय ७९ जनाको उद्दार गरिएको बताए। ‘भारततीर अझै हजारौं मानिस रहेको जानकारी आए पनि, नेपालतिर थेग्न नसकिने भन्दै रोकिएको छ’, उनले भने।

बुधबारदेखि नाकाबाट नेपालीको उद्दार सुरु भएको हो। बुधबार यता ८ हजार भन्दा बढी मानिस गौरीफन्टा नाकाबाट मात्रै नेपाल भित्रिएका छन्। तर उनीहरु मध्ये ६ सयबाहेकको आरडीटी परीक्षण गरिएको छैन।

कैलालीका सीमावर्ती विद्यालयमा बनाइएका क्वारेन्टाइन भरिएपछि, शनिबारदेखि हरेक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म नाका खोल्ने र बढीमा पाँच सय मात्रै आउन दिने दुबै देशका स्थानीय प्रशासनका अधिकारीबीच सहमति भएको छ।

भारतले, बिहान ११ बजे नै ३० वटा भन्दा बढी गाडी गौरीफन्टा नाकामा आउन दिएपछि, साढे तीन बजेसम्म आएका सबैलाई नेपाल भित्रिन दिइएको हो। शनिबारदेखि पाँच सय मात्रै आउन दिने सहमति भएपनि भारतीय पक्षले, उता जम्मा भएका सबैलाई नेपाल पठाई रहेको नेपाली प्रशासनको गुनासो छ। 

शनिबार आएका नेपालीलाई ज्वरो मापन पनि नगरेर गन्तव्यतिर पठाइएको छ। शुक्रबारसम्म प्रदेश सरकार र स्थानीय सरकारले गाडी पठाए पनि, शनिबार भने भारतबाट आएका यात्रु आफैले टिकट काटने गरी पुग्ने बित्तिकै दशगजाबाट ज्वरो पनि मापन नगरेरै पठाइएको छ। यसले, गर्दा कोरोनाको उच्च जोखिम बढेको छ। 
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लक्ष्मीप्रसाद उपाध्यायले प्रदेश सरकारले कुनै पनि स्वास्थ्यकर्मी सीमा नाकामा नपठाएकाले, आफू एक्लैले भीडमा आएका सबैको  ज्वरो मापन गर्न नसकेकाले, त्यसै गन्तव्यतिर जान दिएको बताए।

धनगढीमा, भन्सार छेउमा रहेको नवदुर्गा मावि, कैलाली बहुमुखी क्याम्पस, त्रिनगर माविसहितका विद्यालय र कलेजमा बनाइएका क्वारेन्टाइन भरि भराउ छन्। ती क्वारेन्टाइनको व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने भए पनि, त्यहाँ बसिरहेकाले खाना नै नपाएको गुनासो गरेका छन्।

स्थानीय तह र प्रदेश सरकारले भारतबाट फर्केकाको खानाको समेत व्यवस्थापन गर्न नसकेपछि, स्थानीयले व्यक्तिगत र संस्थागत रुपमा उनीहरुलाई खाना खुवाई रहेका छन्। धनगढीको निसर्ग अस्पताले ‘दानापानी’ कार्यक्रम सञ्चालन गरेर दशगजामै पुगेर भारतबाट फर्केका नेपालीलाई दालभात र पानी खुवाएको छ। 
यस्तै निर्माण व्यवसायी संघ धनगढी, चौलानी डिपार्टमेन्टल स्टोर, स्थानीय व्यवसायी श्याम तायल, पुस्कर नाथ ओझासहितका व्यक्तिले, विरयानी, दालभात प्याक गरेर दशगजामै उनीहरुका लागि खानाको व्यवस्था गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.