शुक्लाफाँटामा बाघ गणना सुरु
महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक दुर्गादत्त बोहरा र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले क्यामेरा अन गरेर मंगलवारदेखी शुक्लाफाँटा, लालझाडी जोगबुढा कम्पेलेक्समा बाघ गणना सुरु गरेका हुन् ।
बाघ पाइने क्षेत्रलाई विभिन्न ब्लकहरुमा विभाजन गरेर ब्लकभित्र २ कि.मि लम्बाइ र २ किमि चौडाई वर्गाकार ग्रिड बनाइ हरेक ग्रिडमा
उनका अनुसार यहाँ बाघ सर्वेक्षणका लागि ११ वटा क्याम्प र उक्त क्याम्प अन्तर्गत २०६० ग्रिडको लागि ५२० वटा स्वचालित क्यामेरा जडान गरिएका छन् । ‘यसमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा एक सय जना जनशक्ति र हात्तीहरु प्रयोग हुनेछन ।’ उनले भने, ‘यो सर्वेक्षणबाट बाघ तथा अन्य प्रजातिको बासस्थानको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुन्छ ।’
उनका अनुसार क्यामेरा विधिबाट बाघको सर्वेक्षण गर्न लागेको यो पाँचौं पटक हो । शुक्लाफाँटामा सन २०२२ को राष्ट्रिय गणना अनुसार ३६ वटा बाघ रहेकोमा निकुको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ रहेको निकुञ्ज कार्यालयले जनाएको छ । पछिल्लो समय राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा उलेख्य रुपमा वृद्धि भएको छ ।
थोरै क्षेत्रफल भए पनि शुक्लाफाँटामा बाघको आहारा प्रजातिको घवत्व बढी भएका कारण यहाँ बाघको संख्या उलेख्य रुपमा बढेको संरक्षण अधिकृतहरु बताउँछन् । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जले परिचित छ ।
प्रतिक्रिया दिनुहोस !