बलिउड सुपरस्टार आमिर खानले जुलाई ५ मा गौरीसँग तेस्रो विवाह गर्दै
भारत : बलिउडका सुपरस्टार आमिर खानले आफ्नो विवाहको औपचारिक विवरण सार्वजनिक गरेका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी जुलाई ५ मा आफू वैवाहिक बन्धनमा बाँधिन लागेको जानकारी दिएका हुन् ।
कार्यक्रममा आमिर खानले भने, ‘जुलाई ५ मा मेरो विवाह हुँदैछ । हाम्रो लागि यो निकै विशेष दिन हो । विवाह समारोहमा दुवैतर्फका परिवारका सदस्यहरू र केही नजिकका साथीहरू मात्र उपस्थित हुनेछन् । विवाह घरमै सम्पन्न हुनेछ ।’ उनले आफूहरूको सुखद दाम्पत्य जीवन र आगामी यात्राका लागि सबैसँग आशीर्वादको कामना समेत गरेका छन् ।
६० वर्षीय अभिनेता आमिर खानले गौरी स्पर्याटसँग तेस्रो विवाह गर्न लागेका हुन् । यसै वर्षको सुरुवातमा आफ्नो ६० औं जन्मदिनको अवसरमा आमिरले पहिलो पटक मिडियासामु गौरी स्प्र्याटलाई चिनाउँदै आफ्नो सम्बन्धको सार्वजनिक पुष्टि गरेका थिए ।
आमिर खानको यो तेस्रो विवाह हो । उनको पहिलो विवाह रिना दत्तासँग भएको थियो, जसबाट उनका दुई सन्तान-जुनैद खान र इरा खान छन् । रिनासँगको सम्बन्ध विच्छेदपछि उनले चलचित्र निर्माता किरण रावसँग दोस्रो विवाह गरेका थिए । किरण र आमिरका एक छोरा आजाद खान छन् । किरण रावसँग पनि केही वर्षअघि उनको सम्बन्ध विच्छेद भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !