दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ विवादमा, शिक्षक महासंघले जनायो आपति

दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ विवादमा, शिक्षक महासंघले जनायो आपति
सुन्नुहोस्

काठमाडौं : गायक दुर्गेश थापा र बबिना किरातीको नयाँ गीत ‘मास्टर्नी’ बजारमा आउना साथ विवादमा तानिएको छ । गीतमा प्रयोग गरिएको दुईअर्थी शब्द र प्रस्तुतीलाई लिएर यो गीत विवादमा परेको हो । नेपाल शिक्षक महासंघले विज्ञप्ती नै निकालेर गीतप्रति आपति जनाएको छ । अभिनेत्री प्रियंका कार्की र दुर्गेश थापाको अभिनय रहेको यस गीतलाई ‘कला’ नभई ‘भद्दा व्यवसाय’ को संज्ञा दिँदै अहिले टिका टिप्पणीहरु भइरहेका छन् ।  

नेपाल शिक्षक महासंघले आउँदो भदौं ५ गते प्रदर्शन हुने भन्दै प्रचार गरिएको मास्टनी चलचित्रको उक्त गीतको शब्द र प्रस्तुती शैलीप्रति आफूहरुको ध्यानाकषर्ण भएको विज्ञप्तीमार्फत जनाएको छ । महासंघका महासचिव तुलबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ती जारी गर्दै महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमा र मर्यादामाथि गम्भीर प्रहार गरिएको बताइएको छ । विज्ञप्तीमा उक्त गीतलाई तत्काल बन्द गर्दै चलचित्रमा प्रयोग नगर्न समेत महासंघले आग्रह गरेको छ । गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुन सक्ने परिणामप्रति चलचित्र निर्माता र सम्बन्धित कलाकार जिम्मेवार हुनुपर्ने समेत महासंघको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

मास्टर्नी’ गीतको भिडियोमा प्रियंका र दुर्गेशको नृत्यलाई कतिपयले ‘बोल्ड’ र ‘रमाइलो’ भनेका छन् भने कतिपयले यसलाई नेपाली संस्कृति र पारिवारिक वातावरण सुहाउँदो नभएको भन्दै आलोचना गरिरहेका छन् । कला क्षेत्रका व्यक्तित्वहरूबाटै यति कडा आलोचना आएपछि निर्माण पक्षले भने यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । गीतको बजार प्रवद्र्धनका लागि दुर्गेश थापाले केहि दिनअघि एक कार्यक्रम नै आयोजना गरेका थिए ।

उक्त कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले गीतको केहि अंश गाएर सुनाएकी समेत छिन् । उक्त गीतको प्रमोसनका लागि आयोजना गरिएको कार्यक्रममा अभिनेता आर्यन सिग्देल समेत सहभागी भएका थिए । कार्यक्रममा प्रियंकाले गीत गाएपछि अभिनेता सिग्देललाई पनि उक्त गीतको केहि अंश गाउन गरिएको आग्रहमा उनले गीतमा प्रयोग भएको दुईअर्थी दिने शब्दलाई आफ्नै पाराले सुनाएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.