२८ वर्षपछि ब्रोसिस ब्यान्डको कमब्याक

२८ वर्षपछि ब्रोसिस ब्यान्डको कमब्याक
सुन्नुहोस्

हङकङ : 
बस सुन्दरी, ठन्डी महिना जाडो छ, ए रातै गाला चाउरी परेछ।
नबोले नि माया लाग्ने रै’छ सान्नानी, दिलको कसम दिलैमा, नत्र ज्यान जाने

चाईना कम्पनी 

झरझर झर्ने झरनाको पानी, पिउन नसक्ने 
के रोग लाग्यो मलाई, उनीबिना भए ज्युँन नसक्ने 

९० दशकका गीत संगीत जति कालजयी थिए, अहिलेका आधुनिक संगीतको आयु तुलनात्मक रुपमा लामो छैन। भाइरल र हिटको जंगुलमा संगीतलाई प्रस्तुत गरिए पनि दर्शक तथा स्रोताको मनमस्तिष्कमा लामो समय बसेको पाईंदैन। तर, ९० दशकका हिन्दी हुन् या नेपाली संगीत, चलचित्रका हुन या आधुनिक पप, सवै संगीतले आजसम्म पनि मानिसको हृदयलाई उत्तिकै मज्जाले स्पर्श गरेको छ। 

पोखराको नयाँ बजारबाट उदाएको एउटा ब्यान्ड हो, ब्रोसिस। करिब ४० वर्षअघि अभियान युवा क्लबको नामबाट देउसी भैलो खेल्ने समूहमध्येका केही युवायुवतीहरूले सुरु गरेको ब्रोसिस ब्यान्डको यात्रा बिचमा हराए पनि संगीतको लय भने हराएको छैन। ब्यान्डका भोकलिस्ट दीपु गुरुङ भन्छन्, ‘संगीतको नसा यसरी लागेको छ कि, संसारमा जहाँ गए पनि भुल्न सक्दिनँ। हाम्रो समूहमा महिला÷पुरुष दुवै भएकाले अंग्रेजीबाट ब्रो र सिस भन्दै ब्यान्डको नाम नै ब्रोसिस रहन गयो।’

जापान र चाइना कम्पनी 
उनी अगाडि भन्छन्, ‘संगीतमा भविष्य हुन्छ र हाम्रो संगीत यति धेरै जनाले मन पराइदिनुहुन्छ। हाम्रो संगीतमा धेरैजनाको प्रेम र यादहरू बन्नेछ भन्ने हामीले अन्दाजसमेत गरेका थिएनौं। संगीतमा जान, नजान अधिक प्रेम मात्र थियो। हामीले दुखका साथ काँकडभिट्टाबाट संगीतका बाद्यवादनहरू जुटाएका थियौं। गाउँघरमा संगीत प्रस्तुतिले मात्र हाम्रो दैनिकी चल्न गाह्रो बन्दै गयो। घरमामा जागिर र पैसा कमाउने प्रसंगले पिरोल्न थाल्यो। फलस्वरुप सबै नेपालीको हविगत जस्तै म पनि जापान लागें।’ 

संगीतप्रतिको त्यो प्रेम, हाम्रो संगीतलाई मन पराएर दर्शक, स्रोताहरूले देखाउँनु भएको मायाले मलाई विदेशमा शान्तसँग बस्न दिएन। बाध्यता आफ्नै ठाउँमा भएपनि उनी गीत संगीतबाट आफूलाई टाढा जान नदिएको उनी बताउँछन्। ‘जापान जानुभन्दा केही दिनअघि एउटा गीत तयारी अवस्थामा कम्पोज गरेको थिएँ, चाइना कम्पनी। हाम्रो ब्यान्डका साथी प्रकाश रानालाई यो गीत रेकर्ड गर्नु भनेर म विदेसिएँ। चाइना कम्पनी यति चर्चित भयो कि हामी आफै पनि छक्क प¥यौं’, 

ब्यान्डका मेन भोकलिस्ट दीपु भन्छन्, ‘हाम्रो गीतका क्यासेटहरू हजारौं बिक्री हुन्थ्यो। हाम्रो गीत संगीतको चर्चा हरेक ठाउँमा हुन्थ्यो। तर, हामीले यो खुसीलाई ढुक्कसँग महसुस गर्ने अवसर पाएनौं।’ 

ब्यान्डको क्रेज 

त्यो बेलाको दर्शक, स्रोता साँच्चै गजबका थिए। कलाकारप्रतिको प्रेम दर्साउने कुनै ठाउँ थिएन। अहिलेको जस्तो फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल नभए पनि छुट्टै क्रेज रहेको उन बताउँछन्। ‘चिठ्ठीपत्र घरमा कति धेरै आउँथ्यो, मैले चिठीको उत्तर लेखी फोटोकपी गरेर सबैजनालाई एकैसाथ समेत पठाउँथें।

दर्शकहरूले ब्यान्डको फोटो आफ्नो कोठामा राखेको पनि पाएँ। गीतप्रतिको मोह पनि अचम्मको, हाम्रो गीत मन पराउनुहुनेहरू अहिले कति धेरै उमेर पुगिसक्नुभएको छ। अहिले भेटमा तपाईको गीतमा हाम्रो प्रेम बस्यो, विवाह अनि घरवार पनि भयो भन्नुहुन्छ। अहिलेका युवापुस्ताहरूको प्रेम डिजिटल संञ्जालमा देखिन्छ तर त्यो समयका दर्शकहरूको प्रेम मनमा गडिएको हुन्थ्यो’, दीपु भन्छन, ‘सायद त्यहि कारणपनि होला, पुराना गीतहरू कालजयी बनेका।’ 

लाहुरे नबनेकोमा पछुतो छैन 
दीपु एकसमय डिप्रेशनमै पुगेका थिए। कारण थियो लाहुरे सेलेक्सनमा लगातार असफलता। ‘संगीतमा केही हुन्छजस्तो लागेको थिएनँ। सबै साथीभाइ लाहुरेमा जाँदा मैले पनि लाहुरेको सपना देख्न थालिसकेको थिएँ। साथीभाइको ग्रुपमा मेरो ज्यान पनि लरक्क थियो।

सबैले छनोट हुन्छस् भन्थे। तयारी पनि गजबले गरेको थिएँ। सानैमा बाबा बित्नु भयो। आमाको दुःख नजिकबाट नियालेको थिएँ।  लाहुरे भर्तीका लागि कति कहाँकहाँ पुगेर कोसिस गर्दा पनि सफलता पाउँन सकिनँ। अन्त्यमा हार मानें। अहिले फर्केर हेर्दा लाग्छ, सायद म संगीतका लागि रहेछु, नेपाली दर्शकहरूको मनमस्ष्तिकमा बस्नु रहेछ, कहाँ क्याम्पमा पर्नु’, उनी भन्छन्।  

गुनासो अनि अबको यात्रा
दीपु नेपाली मिडियाहरूप्रति गुनासो गर्छन। ‘त्यो बेलादेखि अहिलेसम्म दर्शक, स्रोताहरूको मनमा बसेका संगीतहरू हामीले श्रृजना ग¥यौ, तर पाउँनुपर्ने एक्सपोजर पाउन सकेका छैनौं’, उनी भन्छन्, ‘भलै, हाम्रो निरन्तरतामा केहि ढिला भयो होला। हामी अलिक केहि टाढा भयौं होला। तर, संगीतको आकाशबाट टाढा भएका छैनौं। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.