कार्गो जहाजमा शुल्क लगाउने ट्रम्पको घोषणापछि इरानले दियो यस्तो जवाफ

कार्गो जहाजमा शुल्क लगाउने ट्रम्पको घोषणापछि इरानले दियो यस्तो जवाफ

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट (जलमार्ग) भएर जाने कार्गो जहाजहरूमा २० प्रतिशत शुल्क लगाउने घोषणा गरेपछि इरानले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । 

इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले ट्रम्पको भनाइमाथि टिप्पणी गर्दै अमेरिकी राष्ट्रपतिको कुरा सही भए पनि २० प्रतिशत शुल्क निकै धेरै भएको बताएका छन्। उनले इरानले उचित र सन्तुलित शुल्क मात्र असुल्ने बताएका छन्।

विदेश मन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'अमेरिकी राष्ट्रपति बिल्कुल सही हुनुहुन्छ। जसले होर्मुज स्ट्रेटबाट कार्गो जहाजहरूलाई सुरक्षित र सहज बाटो उपलब्ध गराउँछ, उसले यस सेवाका लागि शुल्क पाउनुपर्छ। इरान सधैं यो जलमार्गको रक्षक रहिआएको छ र रहिरहनेछ। २० प्रतिशत शुल्क धेरै हो, हामी उचित शुल्क मात्र लिनेछौं।' 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नै होर्मुज स्ट्रेटबाट जाने सबै कार्गो जहाजहरूबाट अमेरिकाले २० प्रतिशत शुल्क असुल्ने बताएका थिए। यसका साथै, ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ'मार्फत इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी लगाउने दाबी पनि गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.